टोखाका खरिदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर,घुस लिएको आरोप

४ बर्ष अगाडि

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले घुस लिएको आरोपमा उनी विरुद्ध मुद्दा दायर गरेको हो । 

मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग घूस लिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले तिवारीलाई पक्राउ गरेको थियो ।

अख्तियारको टोलीले तिवारीलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा तिवारीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको बताइएको छ । 

तिवारीलाई बिगो २० हजार कायम गरी बुधवार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया