काठमाडौं-सिद्धार्थ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले ८ करोड ९७ लाख ९८ हजार रुपैयाँ दाबी रकम भुक्तानी गरेको हो ।
गत वर्षको भारी वर्षाका कारण महाकाली नदिमा आएको बाढीले कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पुर्याएको थियो ।
उक्त परियोजनाको यस बीमा कम्पनीमा ठेकेदारको सम्पूर्ण जोखिम बीमा भएकोले मूल्यांकनकर्ता बाट मूल्यांकन भइ कायम भएको क्षति वापतको उक्त बीमा रकमको चेक कम्पनीका सिईओ वीरेन्द्र वैदवार क्षेत्रीले वीमित कुमार-सी एफ इ सी जे/भी का प्रतिनिधी शुशील कुमार श्रेष्ठ लाई हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया