वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, कतिर कति ?

३ बर्ष अगाडि

काठमाडौं- वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। 

नेपाल बैंकर्स संघ (एनबीए) को तथ्यांकअनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ । 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। योसँगै वैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख ९ गतेसम्म कुल निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ। गत वैशाख ९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा वैशाख १६ गतेसम्म बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया