आईपीओ निष्कासनको लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो पिपुल्स हाइड्रोपावर, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बैशाख १२ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको गत मंसिर २३ गते सम्पन्न साधारण सभाले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया