बढ्यो कोरोना संक्रमितको संख्या, १ जनाको मृत्यु र निको हुने कति ?

३ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२१ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६ हजार ७१५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५२ जनाको ज्यान गुमाइसकेका छन् । 

नेपालमा अहिले २१७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया