सिद्धार्थ बैंकद्धारा प्लाटिनम प्लस बचत खाता सञ्चालनमा, ८.०३५ % ब्याजसहित यस्ता छन् सुविधा

३ बर्ष अगाडि

काठमाडौं, सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको चाहनाअनुरुप वार्षिक ८.०३५ प्रतिशत ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ। बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहक माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ।

आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकले मासिक ब्याज भुक्तानी, प्रायोरिटी बैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट (पहिलो वर्षका लागि) जस्ता सुविधा पाउनेछन्। 

यसैगरी खाता खोलेको पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैैंकिङ, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैैंकिङ, यूएनओ क्रेडिट कार्ड, डिम्याट, मेरो सेयर, सि आस्वा, प्रिपेड यूएसडी ई–कम कार्ड सुविधा पनि ग्राहकले पाउनेछन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया