अरुण भ्यालीसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं,साताको दोस्रो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ ।क्रमशः घट्दै गइरहेको शेयरबजार नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज पनि ३१.७६ अंकले ओरालो लागेर २२७५.६८ को बिन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ अरुण भ्यालीको सर्वाधिक कारोबार भएको छ ।  कम्पनीको आज एकैदिन ४ करोड ५८ लाख ९६ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालय डिस्टिलरीको ३ करोड ५२ लाख, नबिल बैंकको ३ करोड ४२ लाख, एनटिसिको ३ करोड ४० लाख र निफ्राको २ करोड ९२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया