काठमाडौं,साताको दोस्रो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ ।क्रमशः घट्दै गइरहेको शेयरबजार नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज पनि ३१.७६ अंकले ओरालो लागेर २२७५.६८ को बिन्दुमा पुगेको छ ।
कारोबार खुलेको दिन अर्थात् सोमबार ४८ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३१.७६ अंकले घटेको छ । आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ ।
बुधबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ५८ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक हजार ३ सय ८२ रूपैयाँ ४० पैसा पुगेको छ ।
यस दिन ग्रीन भेञ्चर्सको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ९.३६ प्रतिशतले घटेर ३ सय २४ रूपैयाँ ५० पैसामा झरेको छ ।
प्रतिक्रिया