काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रधान कार्यालय स्थानान्तरण हुने भएको छ ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालयको स्थान परिवर्तन गर्न नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेको थियो । राष्ट्र बैंकबाट संस्थाले गत वैशाख १३ गते केन्द्रीय कार्यालय स्थानान्तरण गर्न स्वीकृति पाएको हो ।
अब वैशाख २५ गतेदेखि संस्थाको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरमा स्थानान्तरण हुनेछ ।
कम्पनीको केन्द्रीय कार्यालय यसअघि कास्कीको पोखरा महानगरपालिका– ८ सिमलचौरमा रहेको थियो ।
प्रतिक्रिया