नेपाल हाइड्रो डेभलपर्स नाफामा उल्लेखनीय वृद्धि, प्रतिशेयर आम्दानी पनि बढेर रु.११.९५

३ बर्ष अगाडि

काठमाडौं, नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तिय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १५४.६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि २५.३६ प्रतिशतले बढेर ७ करोड ५६ लाख रुपैयाँ बढी भएको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट कम्पनीले ६ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी ३१ करोड ९९ लाख रुपैयाँ कम्पनीको रिजर्भमा १ करोड ७८ लाख रुपैयाँ रहेको छ। गत वर्ष रिजर्भमा १ करोड ९५ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १३८.०५ प्रतिशतले बढेर ११.९५ रुपैयाँ पुगेको छ। गत वर्ष प्रतिशेयर आम्दानी ५.०२ रुपैयाँ रहेको थियो। पीई रेसियो ३७.२३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.५७ रुपैयाँ रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया