काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै छुट प्रदान गर्ने जनाएको हो ।
कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखहरुमा पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने जनाएको छ ।
जसका लागि वैशाख २१ देखि जेठ ३१ गतेसम्म तोकिएको सबै प्रक्रिया पुरा गरी पुर्नजागरण गर्नुपर्ने छ । कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गर्ने जनाएको छ ।
प्रतिक्रिया