ज्योति लाईफ इन्स्योरेन्सद्धारा लुम्बिनी प्रादेशिक कार्यालयको पुरानो संरचना परिवर्तन

३ बर्ष अगाडि

 काठमाडौं - नेपालभर सात वटै प्रदेशका ७३ जिल्लामा शाखा तथा उपशाखा कार्यालय संचालन गरी जीवन बीमा सेवा प्रदान गरिरहेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बुटवल स्थित लुम्बिनी प्रादेशिक कार्यालयको भौतिक पुर्वाधार स्तरोन्नती गरिएको छ । 

नव निर्मित कार्यालयको बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले सोमबार, बुटवलमा आयोजित एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । 

कार्यालयको पुरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित र ग्राहक तथा अभिकर्ता मैत्री कार्यालय बनाइ लुम्बिनी प्रदेश स्थित सम्पुर्ण शाखा तथा उपशाखा कार्यालयहरुलाई अनुगमन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाउन यस अघिको संरचना परिवर्तन गरी तालिम हल, अभिकर्ताहरुको कार्यकक्ष, वैठक कक्ष लगायतका भौतिक पुर्वाधार थप गरिएको छ । 

उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका अध्यक्ष नन्द किशोर शर्मा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, उच्च व्यवस्थापनका कर्मचारी, प्रदेश प्रमुख, संचार क्षेत्रका प्रतिनिधी, बुटवल क्षेत्रका बीमित, वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर लगायत अन्य अभिकर्ता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

कार्यालय उद्घाटन पश्चात आयोजित सम्बोधन कार्यक्रमका विशेष अतिथि बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमा व्यवसाय तथा बीमा साक्षरता अभिवृद्धिमा अभिकर्ताहरुको भुमिका महत्वपुर्ण हुने भएकोले अभिकर्ताहरुले विशेष ध्यान दिएर कार्य गर्नु पर्ने राय व्यक्त गरे । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया