काठमाडौं, साताको दोस्रो कारोबार दिन (बुधवार) जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको दिनको तुलनामा बुधवार ९.९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३८२.४० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५४ हजार ९६२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
प्रतिक्रिया