काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि (बिहीबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले ४५ हजार ९९१ कित्ता संस्थापक शेयर वैशाख १४ गते देखि लिलामीमा ल्याएको हो । इच्छुक आवेकदले बिहीवार कार्यालय समयभित्र बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु.१८५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया