स्वरोजगार लघुवित्तको १३ करोड माथि,प्रतिशेयर आम्दानी रु.३४.१८ र अन्य अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं,स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको  तेस्रो त्रैमाससम्ममा १३ करोड १७ लाख नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । 

वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६.९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा ११ करोड २६ लाख नाफा कमाएको थियो । 

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा १०९ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी २५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५१ करोड ४० लाख पुगेको हो ।चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा २२ करोड ५१ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले ४ अर्ब ६० लाख सापटि लिएर,३ अर्ब ६ करोड निक्षेप संकलन गरेर ७ अर्ब ६३ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।

त्यसैगरी कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३४.१८, मूल्य आम्दानी अनुपात २८.५० टाइम्स, तरलता अनुपात ८.६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४३.८० रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया