अब नेपाल एसबिआई बैंकको रेमिटान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत भुक्तानी हुने

३ बर्ष अगाडि

काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबिआई बैंकबीच रेमिटान्स सम्झौता भएको छ । 

सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबिआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल एसबिआई बैंकको रेमिटान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिटेन्स नेपाल एसबिआई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया