जीवन विकास लघुवित्तद्धारा ९ महिनाको वित्तीय विवरण सार्वजनिक, नाफा कति ?

३ बर्ष अगाडि

काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ९ अर्ब ८२ करोड रुपैयाँ सापटी लिई २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

गत वर्षको यही अवधिमा संस्थाले १० अर्ब १७ करोड रुपैयाँ सापटी लिई २० अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

यस्तै समीक्षा अवधिमा संस्थाले ५७ करोड ७५ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा २।४२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले ५६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १०५.७६ प्रतिशतले बढेर ६० करोड २६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २९ करोड २९ लाख रुपैयाँमा सीमित थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.३८ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब २५ लाख रुपैयाँमा सीमित थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७४.४६ रुपैयाँ, पीई रेसियो ४०.१६ गुणा, प्रतिसेयर नेटवर्थ २४७.८९ र तरलता अनुपात ७.७४ प्रतिशत रहेको छ । 

यो अवधिमा संस्थाको रिजर्भको आकार १२०.९४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १ अर्ब १८ करोड रुपैयाँ रहेको थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया