एजेन्सी - अमेरिमा महँगी ४० वर्षकै उच्च विन्दुमा पुगेको छ । सेयर बजारको अवस्था बिग्रिएको छ । पहिलो त्रैमासमा जीडीपीमा गिरावट आएको छ र ब्याजदर पनि निरन्तर वृद्धि भइहरहेको छ ।
अर्थशास्त्रीहरुले अमेरिका आर्थिक मन्दीतर्फ धेकेलिँदै गएको बताएका छन् । अमेरिकी सेयर बजार एस एन्ड पी ५०० यस वर्षको सुरुआतमा करिब आठ दशककै सबैभन्दा खराब अवस्थामा रहेको छ ।
सीएनएनको रिपार्टका अनुसार यस वर्षको जनवरीदेखि अप्रिलको बीचमा एस एन्ड पी ५०० इन्डेक्समा १३ प्रतिशतको गिरावट आएको छ। जुन सन् १९३९ पछिकै खराब सुरुआत हो ।
अहिलेको सेयर बजारको तुलनामा ८३ वर्षअघिको सेयर बजारसँग गर्नु त्यति उपयुक्त नभए पनि लगानीकर्ताका लागि भने यो त्यसबेलादेखि लिएर अहिलेसम्मको सबैभन्दा खराब सुरुआत हो ।
अप्रिल महिनामा डाउ जोन्समा पनि ९ प्रतिशतको गिरावट आएको छ । त्यस्तै ठूला टेक कम्पनी समावेश नास्डकमा पनि २१ प्रतिशतको गिरावट आएको छ ।
महँगीसँग जुध्नका लागि फेडरल रिजर्भले ब्याज दरमा आक्रामक वृद्धि गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया