महिला लघुवित्तको रिजर्भ आकार २५ करोडको उचाइमा, प्रतिसेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्मा १० करोड रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

वित्तीय विवरणअनुसार उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा ५५.७० प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ४६.१४ प्रतिशतले घटेर ४ करोड १० लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ९२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २८.८५ प्रतिशतले बढेर २० करोड ६८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १६ करोड ५ लाख रुपैयाँमा सीमित थियो । 

यो अवधिमा संस्थाको रिजर्भको आकार ३०.३६ प्रतिशतले बढेर २५ करोड रुपैयाँ बढीको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १९ करोड १८ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म १ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब १९ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९०.४२ रुपैयाँ, पीई रेसियो ३८.२१ गुणा, प्रतिसेयर नेटवर्थ २६९.५५ र तरलता अनुपात १६.१९ प्रतिशत रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया