काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्मा १ करोड ८६ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरणअनुसार उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा ५५.८८ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ५६.८७ प्रतिशतले बढेर ३ करोड १२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १५.९८ प्रतिशतले बढेर ७ करोड ६ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड ८ लाख रुपैयाँमा सीमित थियो ।
यो अवधिमा संस्थाको रिजर्भको आकार ५३.७१ प्रतिशतले बढेर ५ करोड २६ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ३ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ६० करोड ६१ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्षको यही अवधिमा संस्थाले ३७ करोड ३२ लाख रुपैयाँ सापटी लिई ९८ करोड ११ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४.१० रुपैयाँ, पीई रेसियो ३७।१८ गुणा, प्रतिसेयर नेटवर्थ १४८.१८ र तरलता अनुपात ३.५३ प्रतिशत रहेको छ।
प्रतिक्रिया