एजेन्सी - अस्ट्रेलियामा ११ वर्षपछि ब्याजदर वृद्धि गरिएको छ । अस्ट्रेलियाको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ’ले ११ वर्षपछि ब्याजदर वृद्धि गरेको हो ।
देशमा बढ्दो मुद्रास्फीतिको समस्यासँग जुध्न आरबीएले ब्याजदर ०.३५ प्रतिशतले वृद्धि गरेको हो । अहिले अस्ट्रेलियामा मुद्रास्फीति दर २१ वर्षकै उच्च विन्दुमा पुगेको छ ।
अस्ट्रेलियाको मुद्रास्फीति दर ५.१ प्रतिशत रहेको छ । यद्यपि मुद्रास्फीति दर उच्च भए पनि देशमा बेरोजगारको संख्यामा कमी आएको र ज्याला बढेको आरबीएका गभर्नर फिलिप लोईले बताए ।
प्रतिक्रिया