काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ५ करोड ३६ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ ।
संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा १८.७५ प्रतिशतले कम हो ।
गत वर्ष यही अवधिमा संस्थाले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा संस्थाको सञ्चालन मुनाफा २९.१४ प्रतिशतले बढेर १ करोड ८३ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३६.६९ प्रतिशतले बढेर १५ करोड ९१ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ११ करोड ६४ लाख रुपैयाँमा सीमित थियो ।
चुक्तापुँजी ३४ करोड २७ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म १ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले १ अर्ब ३६ करोड रुपैयाँ सापटी लिई २ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
यो अवधिमा संस्थाको रिजर्भको आकार २०.३० प्रतिशतले बढेर १६ करोड २४ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १३ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया