एभरेष्ट इन्स्योरेन्स आज ६.३१५८ प्रतिशत लाभांश पारित गर्ने, अन्य एजेन्डा के ?

३ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औँ वार्षिक साधारणसभा आज हुँदैछ । सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट सुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको कुल ६.३१५८ प्रतिशत लाभांश पारित गर्नेछ । 

प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ७ करोड १० लाख १६ हजार २६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशतले हुन आउने ३७ लाख ३७ हजार ६९८ रुपैयाँबराबरको नगद लाभांश छन् ।

सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्याउनेसम्बन्धी प्रस्ताव पारित गर्नेछ । सोही सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गरेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया