शेयर धितो कर्जा लिएका लगानीकर्तालाई धमाधम मार्जिन कल

४ बर्ष अगाडि

काठमाडौं - बैंकबाट शेयर धितो कर्जा लिएका लगानीकर्तालाई धमाधम मार्जिन कल आउन थालेपछि उनीहरु त्रसित हुन थालेका छन् । शेयर बजार लगातार घट्दै जाँदा शेयर धितो कर्जा लिने धेरै लगानीकर्ताहरुलाई मार्जिन कल आउन थालेको छ । 

गत ३ महिनामा नेप्से सूचक २२ प्रतिशतभन्दा धेरैले घटेको छ । नेप्से सूचक लगतार घट्दै जाँदा सूचीकृत कम्पनीहरुको शेयरमूल्य पनि उच्च दरले घटेका छन् । यसले गर्दा अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट लगानीकर्तालाई मार्जिन कलको घन्टी आउन थालेको हो ।

'बैंकहरुले मार्जिन कल गर्न थालेका छन् । यसले गर्दा समस्या भएको छ' एक लगानीकर्ताले भने 'अहिले मार्जिन पुर्याउन थप नगद पनि छैन। शेयर थप्न सक्ने अवस्था पनि छैन । यसले गर्दा समस्या परेको छ ।'

बैंक तथा वित्तीय संस्थाले धितो राखेको शेयरको मूल्य २० प्रतिशतभन्दा धेरै घटेपछि लगानीकर्तालाई मार्जिन कल गर्ने गर्छन् । लगानीकर्ताले मार्जिन पुर्याउन कि त नगद कि शेयर थप्नुपर्ने हुन्छ । 

मार्जिन पुर्याउन नसकेमा बैंकले नै शेयर बेचिदिन सक्छ । यसले गर्दा कतिपय मार्जिन थप गर्न नसक्ने लगानीकर्ता शेयर बेचेरै कर्जा तिर्नु पर्ने अवस्थामा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया