एजेन्सी - भारतको सबैभन्दा सस्तो मानिने स्पाइसजेट एयरलाइन्स सरकारी अनुसन्धानको घेरामा परेको छ ।
स्पाइसजेटको बी७३७–८०० विमानको अटोपाइलट खराब हुँदा जहाजमा उत्पन्न असन्तुलनका कारण जहाजमा सवार यात्रुहरु घाइते भएपछि भारत सरकारले छानबिन गरेको हो ।
स्पाइसजेटको बी७३७–८०० विमान मे १ मा मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरको लागि उडान भरेको थियो । विमानमा अटोपाइलटले उडानको बीचमा दुई मिनेट काम गर्न छाडेको र परिणाम स्वरूप जहाजमा असन्तुलन हुन गई यात्रुहरु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नागरिक उड्डयन महानिर्देशनालय ९डिजीसीए०ले उक्त विमानमा भएको घटनाबारे अनुसन्धान अघि सारेको बताएको छ । विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गरिएको थियो ।
अवतरण पछि घाइते भएका १२ जना यात्रु र तीन चालक दलका सदस्यसहित १५ जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया