आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं -आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले यस अघि फागुन  १२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण तर्फको ८८ हजार ९३४ कित्ता शेयर बैशाख १२ गते देखि लिलामीमा ल्याएको हो ।

वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको यो शेयर वैशाख २० गते इदको सार्वजनिक बिदा परेकाले वैशाख २१ गते आजसम्मको मिति तय गरिएको हो ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयरमा बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया