युएईको एक कम्पनीले माग्यो महिला कामदार,मासिक तलब र सुविधा के के ?

३ बर्ष अगाडि

काठमाडौं- युएईको एक कम्पनीले नेपाली महिला कामदार माग गरेको छ । युएई मा रहेको PATONIA BEAUTY SALON कम्पनीले ६ जना महिला नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ४९ हजार बढि पाउनेछ । इच्छुक कामदारले Frontline Recruitment Pvt.Ltd. काठमाडौंमा बैशाख २६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिषा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ भने हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया