काठमाडौं, गरिमा विकास बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा करिब साढे ७८ लाख नाफा कमाएको छ ।
बैकले चालू आवको तेस्रो त्रैमाससम्ममा रू ७८ करोड ४६ लाख भन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा १५ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू।.६७ करोड २ लाख नाफा कमाएको थियो । बैंकको हालै सार्वजनिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ३७ प्रतिशत र सञ्चालन नाफा १५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब ५७ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब २८ करोड,रिटेण्ड अर्निङमा रू. ५५ करोड ८३ लाख र शेयर प्रिमियममा रू. ९७ हजार सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ५० करोड ६० लाख भन्दा बढी रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २२ दशमलव ८४, मूल्य आम्दानी अनुपात १७ दशमलव ९५ गुणा, तरलता अनुपात २०.७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४०.२७ रहेको छ ।
प्रतिक्रिया