सिभिल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

४ बर्ष अगाडि

काठमार्डाैं- सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

लघुवित्तले संस्थापक शेयरधनी सुरज अधिकारी र बोध प्रसाद त्रिपाठीको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना निकालेको हो ।

संस्थापक शेयरधनी अधिकारीको १५ हजार र त्रिपाठीको ६ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । यसअनुसार शेयरधनीले उक्त शेयर खरिद गर्न सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय चावहिल, काठमाडौंमा पेश गर्नु पर्नेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया