काठमाडौं, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालि मकवानपुर बीच सम्झौता भएको छ
।
अब कम्पनीका ग्राहकहरुलाई होटेल गढी भ्यू एण्ड रिसोर्टले जिप लाईनमा ३० प्रतिशत र फुड तथा वेभरेजमा १० प्रतिशत छूट दिने छ ।
यस सम्झौता पत्रमा कम्पनीका तर्फबाट हेटौंडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भ्यू एण्ड रिसोर्ट प्रालिका तर्फबाट अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले मुद्दति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत, र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया