आइएमई जनरलको हकप्रद शेयर लिलाममा आवेदन दिने म्याद थप, अब कहिलेसम्म दिन सकिने ?

४ बर्ष अगाडि

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलाममा बिक्री गरिरहेको छ । उक्त शेयरमा आवेदन दिने म्याद एक दिन थपिएको छ । 

कम्पनीको लिलामी शेयरमा आजसम्म आवेदन दिन पाइने भनिएको थियो । तर आज सार्वजनिक बिदा परेको हुनाले एक दिन म्याद थपेर भोलिसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।  

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएको संस्थापक समूहको २ हजार २ सय ६१ कित्ता र सर्वसाधारण समूहको ८८ हजार ९ सय ३४ कित्ता शेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेको हो । 

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

ग्लोबल आइएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको तोकिएका शाखा कार्यलयहरूबाट आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया