काठमाडौं, गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४७.९३ प्रतिशतले घटेर १ करोड ५ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी १०.१७ प्रतिशतले घटेर ४ करोड ८३ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४६.४५ प्रतिशतले घटेर १ करोड ६५ लाख २१ हजार रुपैयाँमा आएको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ७ पैसा छ ।
प्रतिक्रिया