यो साता शेयर कारोबार तीन दिन मात्र हुने

४ बर्ष अगाडि

काठमाडौं- आज मंगलबार शेयर कारोबार बन्द रहने भएको छ । 

सरकारले आज (वैशाख २० गते) इर्द उल फित्रका अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका दिन सार्वजनिक र सरकारी कार्यालय तथा संघसंस्था बन्द रहन्छन्। यही कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहने भएको हो । 

यो साता ३ दिनमात्रै शेयर कारोबार हुने भएको छ। गत आइतबार पनि मे १ (मजदुर दिवस) का अवसरमा सार्वजनिक बिदा दिइएकोले शेयर कारोबार भएको थिएन। 

हिजो सोमबार शेयर बजार खुलेको थियो। अब भोलि बुधबार र पर्सि बिहीबार शेयर बजार खुला रहनेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया