काठमाडौं, निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयन नगर्नेको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएको छ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीत पोस्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए उम्मेदवारी रद्द गर्ने चेतावनी दिएको हो।
आचारसंहिताविपरीत त्यस्ता कामहरु भइरहेको भन्ने गुनासो आएपछि आयोगले विज्ञप्ति जारी गर्दै नियमअनुसार १ लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारीसमेत रद्द गर्ने चेतावनी दिएको हो।
‘त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ, सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रुपैयाँसम्म जरिवाना गर्ने’, विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया