काठमाडौं ,सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।
नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता शेयर सूचिकृत भएको हो ।
त्यसैगरी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७ सय २४ कित्ता शेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया