काठमाडौं,सिर्जनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको ९ महिनामा ४ करोड बढी नाफा कमाएको छ । क
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको भन्दा १७.४४ प्रतिशतले कम हो । कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत वर्ष कम्पनीले ४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी ४.५४ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने १६.४८ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ७ करोड रुपैयाँ छ । त्यस्तै, यसको जगेडा कोषमा १३ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
सिर्जनशीलको खराब कर्जा १.६३ प्रतिशतबाट बढेर २.१८ प्रतिशत भएको छ । कम्पनीले ३ करोड ३७ लाख २५० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ जारी गर्न सनराईज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया