आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको शेयरमूल्य कति प्रतिशतले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौ,साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजार भारी अंकले ओरालो लागेको छ ।

कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ४८.७३ अंकले घटेर २३०७.४४ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

घटेको बजारमा नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर ४५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन युनियन हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।

अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले घट्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया