काठमाडौ,साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजार भारी अंकले ओरालो लागेको छ ।
कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ४८.७३ अंकले घटेर २३०७.४४ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार भएको शेयर बजारमा अरुण भ्यालीको सर्वाधिक कारोबार भएको हो । कम्पनीको ४ करोड ७३ लाख बढीको कारोबार भएको हो ।
यस्तै,हिमालयन डेस्टिलेरी ४ करोड ३८ लाख, शिवम् सिमेन्टको ४ करोड २५ लाख,नेपाल फाइनान्सको ४ करोड ५ लाख र युनियन हाइड्रोपावरको ३ करोड ७४ लाख बढीको कारोबार भएको छ ।
प्रतिक्रिया