काठमाडौ,साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजार भारी अंकले ओरालो लागेको छ ।
कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ४८.७३ अंकले घटेर २३०७.४४ को बिन्दुमा पुगेको छ । ओरालो लागेको बजारमा आज जम्मा १७ कम्पनीको शेयरमूल्य बढेको छ । आज नेप्सेमा २२८ कम्पनी शेयर कारोबारमा आएका हुन् ।
शेयरमूल्य बढेका १७ कम्पनीमध्ये जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ भने बाँकी १६ कम्पनीको शेयरमूल्य २ र सो भन्दा कम प्रतिशतले बढेको छ ।
प्रतिक्रिया