सानिमा बैंकको नाफा ९५ करोड, प्रतिशेयर आम्दानी भने यस्तो

७ बर्ष अगाडि

काठमाडौं – सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा रु  ९४ करोड ९९ लाख ८१ हजार नाफा कमाएको छ ।

बैंकले गरेको नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.५२ प्रतिशतले बढी हो । यो अवधिमा बैंकले गरेको नाफा रु १४ करोड १६ लाखले बढेको छ ।

बैंकले गत वर्षको दोस्रो त्रैमासमा रु ८० करोड ८३ लाख १९ हजार खुँद नाफा कमाएको थियो ।

बैंकले उक्त अवधिमा व्याज आम्दानीबाट रु ५ अर्ब ६ करोड कमाएको छ । यसले व्याज भुक्तानीमा गरेको खर्च भने रु ३ अर्ब १६ करोड रहेको छ । यसको खुँद व्याज आम्दानी रु १ अर्ब ९० करोड रहेको छ ।

रु ८ अर्ब चुक्तापुँजी रहेको सानिमा बैंकले गत पुस मसान्तसम्मा निक्षेप संकलन रु ८५ अर्ब ६८ करोड गरेको  छ ।

 ऋण लगानी रु ७७ अर्ब २२ करोड छ । गत वर्ष बैंकले रु ६८ अर्ब ५० करोड निक्षेप संकलन गरेर रु ६१ अर्ब २३ करोड ऋण लगानी गरेको थियो ।

यो बैंकको सापटी रकम रु २ अर्ब ३९ करोड छ । यो बैंकको पुँजी कोष १३.०८ प्रतिशत, बार्षिक व्याजदर ४.२३ प्रतिशत, प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा छ । बैंकको खराव कर्जा अनुपात ०.२४ प्रतिशत छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया