केशव स्थापितले आयोगमा ४ घन्टाभित्र स्पष्टीकरण पेस गर्नु पर्ने

३ बर्ष अगाडि

काठमाडौं - आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

एउटा सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्ताप्रति लक्षित अभिव्यक्तिका विषयमा आयोगले स्थापितलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो।

यस विषयमा सत्यतथ्य कुरा २४ घन्टाभित्र पेस गर्न आयोगले पत्र काटेको छ । गत वैशाख १५ गते भएको एक कार्यक्रममा स्थापितले एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया