काठमाडौं - अब क्रेडिट कार्डमार्फत वालेट लोड गरी वस्तु तथा सेवाको विद्युतीय भुक्तानी गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
जसअनुसार अब क्रेडिट कार्डमार्फत वाटेलमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि प्रयोग गर्न सकिन्छ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्नेछ ।
सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइँदैन। तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन ।

प्रतिक्रिया