यूनाइटेड इन्स्योरेन्स सम्मानित

४ बर्ष अगाडि

काठमाडौं - इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्थरको 3rd Emerging Asia Insurance Conclave & Awards 2021 मा नेपालबाट यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेड सम्मानित भएको छ ।

कम्पनी Best General Insurance Company of the Year  Award बाट सम्मानित भएको हो । उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उपस्थित भएकी थिइन् ।

विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC ले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल भएको हो । यसैको आधारमा कम्पनीले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । 

कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदैं उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको संचालक समितिका अध्यक्ष, संचालक समिति, शेयरधनीहरु, ग्राहकहरु, नियामक निकायलाई धन्यवाद ज्ञापन गरेकी छिन् । 

यस्तै बीमा समिति तथा कोरोना समयमा समेत अहोरात्र मिहिनेत गर्ने आफ्ना कर्मचारी साथीहरु तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित धन्यवाद ज्ञापन गदै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास  व्यक्त गर्नुभयो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया