आइएमई जनरलको लिलामी शेयरमा आवेदन दिने वैशाख २० गते अन्तिम दिन,कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- आइएमई जनरल इन्सुरेन्सको लिलामी शेयरमा आवेदन दिने वैशाख २० गते (मंगलबार) अन्तिम दिन रहेको छ । 
 
कम्पनीले वैशाख १२ गतेबाट ९१ हजार १९५ कित्ता शेयर लिलामी बिक्री खुला गरेको हो । जसमा कम्पनीले सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता शेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद वैशाख २० गतेसम्म रहेको छ । यसअघि कम्पनीले फागुन २२ गतेबाट चैत १३ गतेसम्म ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको शेयर अहिले लिलामीमा बिक्री गरिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया