नबिल बैंकले कमायो सबैभन्दा बढी नाफा , प्रतिशेयर आम्दानी कति ?

७ बर्ष अगाडि

काठमाडौ– नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु २ अर्ब ४ करोड खुँद नाफा कमाएको छ ।  यो बैंक हालसम्मकै बढी नाफा कमाउने सूचीमा परेको छ ।

यो बैंकले गरेको यस्तो नाफा गत वर्षको तुलनामा रु २० करोड ७२ लाख ६४ हजार ले बढि हो । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पहिलो ६ महिनामा ११.२७ प्रतिशतले बढी रहेको छ ।

बैंकले उक्त अवधिमा व्याज आम्दानीबाट रु ७ अर्ब ७२ करोड कमाएको छ । यसले व्याज भुक्तानीमा गरेको खर्च भने रु ३ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिसम्मको बैंकको खुँद व्याज आम्दानी रु ३ अर्ब ६१ करोड रहेको छ ।

रु ८ अर्ब ४ करोड चुक्तापुँजी रहेको यो बैंकले गत पुस मसान्तसम्मा गरेको निक्षेप संकलन रु १ खर्ब ४९ अर्ब छ भने यसको ऋण लगानी रु १ खर्ब ३० अर्ब रहेको छ ।

गत वर्ष यो बैंकले रु १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर रु १ खर्ब २ अर्ब ऋण लगानी गरेको थियो । यो बैंकको हालसम्मको सापटी रकम रु ४० करोड छ । यसको जगेडा कोषमा भने रु १४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ५० पैसा छ । बैंकको खराव कर्जा अनुपात ०.६२ प्रतिशत छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया