युनियन लाईफको साधारण सभा शुक्रबार हुदैँ, यस्ता छन् कम्पनीका एजेन्डा

४ बर्ष अगाडि

काठमाडौं, युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथोँ वार्षिक साधारण सभा वैशाख २३ गते (शुक्रबार) डाकेको छ । 

सभा टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १३ गते बुकक्लोज गरेको थियो । यसअनुसार वैशाख १२ गतेसम्म कायम शेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, कुनै उपयुक्त जीवन बीमासँग एक आपसमा गाभ्ने÷गाभिने लगायतका प्रस्तावहरू पारित गरिनेछन् । कम्पनीले सर्वसाधारणहरुमा आइपीओ जारी गरेको लगभग एक वर्ष भएको छ । यसकारण कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया