विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिका मन्दीको चपेटामा पर्न सक्ने खराब

३ बर्ष अगाडि

एजेन्सी -  विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मन्दी चपेटामा पर्न सक्ने देखिएको छ । मुद्रास्फीति चरम सीमामा छ । ब्याज दर बढिरहेको छ। घर बिक्री लगातार घटिरहेको छ । 

सन् २०२२ को पहिलो त्रैमासिकमा अमेरिकाको जीडीपी घटेको छ । अमेरिकी सेयर बजारका लागि पनि अप्रिल महिना निकै खराब रह्यो । अप्रिल २००८ को अक्टोबर पछि नास्डाकका लागि सबैभन्दा खराब महिना थियो । 

यो महिना एस एन्ड पीका लागि मार्च २०२० पछिको सबैभन्दा खराब पनि थियो । जसका कारण अमेरिकामा मन्दीको डर बढेको छ । धेरै विज्ञ यसलाई मन्दीको संकेत मान्छन् ।

यद्यपि धेरै अर्थशास्त्रीले अमेरिकामा तत्काल मन्दीको खतरा नरहेको दाबी गर्छन् । तर, जनताले अर्थतन्त्रमा खतरा पर्न सक्ने महसुस गर्न थालेका छन् । 

सन् २००८ मा लेहमन ब्रदर्स संकटका कारण मन्दी आएको थियो भने मार्च २०२० मा कोरोना महामारी (कोभिड–१९) को प्रकोपले विश्वभरका सेयर बजार तहसनहस बनाएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया