काठमाडौं, मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ लाख बढी खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन नाफा गत आवको सोही अवधीको तुलनामा ८३.३९ प्रतिशतले घटेर यो आवको चैत मसान्तसम्ममा ५ लाख ७ हजार रुपैयाँमा झरेको हो । कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।
यस अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ७१.७२ प्रतिशतले बढेर १ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ८६.७७ प्रतिशतले घटेर ५ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ ।
यस अवधिम्म कम्पनीले ५९ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, कम्पनीको चुक्तापुँजी भने यस अवधिसम्म १३ प्रतिशतले बढेर ४५ करोड रुपैयाँ पुगेको छ । साथै यस अवधिसम्म कम्पनीको जगेडा कोषको आकार समेत १२.४४ प्रतिशतले घटेर ४ करोड ९ लाख रुपैयाँ संचित रहेको छ ।
समिक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ पैसा र प्रतिशेयर नेटवर्थ १२.७६ पैसा रुपैयाँ रहेको छ ।
प्रतिक्रिया