९ महिनामा सप्तकोशी डेभलपमेन्ट बैंकले ४ अर्ब ५ करोड निक्षेप संकलन गर्‍यो, ४ अर्ब बढी कर्जा लगानी

४ बर्ष अगाडि

काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्ममा चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकले तेस्रो त्रैमाससम्म ४ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेको छ । 

गत वर्षको यही अवधिमा बैंकले ४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

यस्तै चालु आर्थिक वर्षको ९ महिना सम्ममा बैंकले ७ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्षको यही अवधिसम्म बैंकले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यो अवधिसम्म बैंकलाई ७ करोड ५८ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ । गत वर्ष यही अवधिसम्म बैंकले सञ्चालन मुनाफाबाट ६ करोड ६ लाख रुपैयाँ आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४.०४ प्रतिशतले बढेर १६ करोड ७० लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १५ करोड ५ लाख रुपैयाँ थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.८ रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ६.८ रुपैयाँ थियो। बैंकको प्रतिसेयर नेटवर्थ ९८.०४ र तरलता अनुपात ६०.६५ प्रतिशत रहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया