शिखर इन्स्योरेन्सको बिक्री नभएको हकप्रद सेयरमा आजबाट आवेदन दिन सकिने, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर आजबाट लिलामीमा आएको छ । 

कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको ३० प्रतिशतले अर्थात १ः०.३ अनुपातमा हकप्रद जारी गरेको थियो ।

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएका सर्वसाधराण समूहतर्फको ७७ हजार ७२०.८८ कित्ता सेयर कम्पनीले लिलामीमा बिक्री गर्न लागेको हो । 

लिलामी राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लिलामीमा सेयरमा बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेस गर्नुपर्नेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया